धनकुटा। साँगुरीगढी गाउँपालिका वडा नं. ४ फाक्सिवमा सम्पन्न तेस्रो धाम पूर्णिमा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधी तेम्वाङ फुटबल क्लबले हात पारेको छ। फाक्सिवस्थित त्रिवेणी खेल मैदानमा आज भएको फाइनल खेलमा तेम्वाङले माङ्दुवा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधीसहित नगद पुरस्कार समेत जितेको हो ।
उपाधी विजेता तेम्वाङ फुटबल क्लबले नगद ६५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्यो। त्यस्तै, उपविजेता माङ्दुवा फुटबल क्लबले ४० हजार रुपैयाँ, ट्रफी र मेडलमा चित्त बुझाएको छ । त्रिवेणी कल्याण समाजको आयोजनामा गत कार्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित १८ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा साँगुरीगढी गाउँपालिका र वडा नं. ४ कार्यालयको सहयोग रहेको थियो । प्रतियोगितामा नविल बैंक बैंकिङ पार्टनर, वोर्डलिंक इन्टरनेट पार्टनर, हुलाकीपाटी डटकम मिडिया पार्टनर तथा मेरो गन्तव्य लाइभ पार्टनर रहेका थिए ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्