धनकुटा । जिल्ला अदालत सुनसरीबाट लागुऔषध मुद्दामा २ वर्ष ८ महिना २८ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ । सहिदभूमी गाउँपालिका वडा नम्बर २ निवासी ३३ वर्षीय शिर कुमार विशुङ्खेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतको फैसलापछि लामो समयदेखि फरार रहेका विशुङ्खेलाई विशेष सूचनाका आधारमा मंसिर २८ गते आइतवार साँझ ६ बजे सहिदभूमी गाउँपालिका वडा नम्बर १ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको बताइएको छ ।



हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्